बाँसबारी जग्गा प्रकरणमा मुद्दा नचल्ने, अरुण चौधरीलाई उन्मुक्ति



Advertisement
Ads

चौधरी ग्रुपबाट सरकारी स्वामित्वमा फिर्ता ल्याइएको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ।


Advertisement

बाँसबारीको जग्गा सरकारकै नाममा फिर्ता आइसकेकाले मुद्दा नचलाउने निर्णय गरिएको हो।


Advertisement

उक्त जग्गा गैरकानूनी रूपमा हिनामिना गरिएको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी, तत्कालीन बाँसबारी छाला तथा जुत्ता कम्पनीका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २०८० माघ १८ गते प्रहरीले पक्राउ गरेको थियो। तर अनुसन्धानपछि उनीहरूलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएपछि सीआईबीले उनीहरूलाई रिहा गरेको थियो।

सरकारले बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रक्रिया थालेर मालपोत कार्यालय डिल्लीबजारमार्फत २०८० चैत ९ गते सरकारको नाममा स्रेस्ता कायम गरेको थियो। यसअघि चौधरी ग्रुपले उक्त प्रक्रिया विरुद्ध सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दायर गरे पनि ती निवेदनहरू पुस २३ गते फिर्ता लिइएका थिए।

सरकारी स्वामित्वको जग्गा गैरकानुनी रूपमा च्याम्पियन फुटवेयर नामक कम्पनीलाई हस्तान्तरण गरिएको पाइएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर