रवि लामिछानेको थुनछेक बहस सकियो, फैसला कहिले?



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट गरिएको थुनछेक बहस सकिएको छ। सुर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा दुई सातादेखि प्रतिवादीहरूको तर्फबाट बहस भइरहेको थियो, जसमा पछिल्ला दुई दिन लामिछानेको तर्फबाट बहस केन्द्रित थियो।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको तर्फबाट गरिएको दुई दिने बहस आज समाप्त भएको हो। अब यो प्रकरणमा जोडिएका अन्य चार प्रतिवादीहरूको तर्फबाट बहस बाँकी छ।


Advertisement

उनिहरूको बहस पूरा भएपछि सरकारी वकिलले जबाफी बहस प्रस्तुत गर्नेछन्। त्यसपछि अदालतले प्रतिवादीहरूको हकमा पुर्पक्षमा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने विषयमा आदेश जारी गर्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर