सेयर बजारको एक दिने ट्रेनिङ र इन्भेस्टर प्रो मिट चैत्र ३० गते काठमाडौंमा हुँदै, कसरी हुने सहभागी ?
सेयर बजारमा रुचि राख्ने लगानीकर्ताहरूका लागि “सेयर बजारको एक दिने ट्रेनिङ तथा इन्भेस्टर प्रो मिट” यही चैत्र ३० गते शनिवार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आयोजना हुने भएको छ। बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म सञ्चालन हुने यो कार्यक्रम नेप्से ट्रेडिङ डटकमको आयोजनामा र इम्पेरियल सेक्युरिटीज (ब्रोकर नं. ४५) को सह–आयोजनामा हुनेछ।
कार्यक्रममा प्राविधिक विश्लेषक सन्दीपकुमार चौधरीको विशेष सहभागिता रहनेछ। सहभागीहरूले सेयर बजारको आधारभूत पक्षदेखि लिएर प्राविधिक विश्लेषणसम्मको ज्ञान प्राप्त गर्नेछन्, जसले उनीहरूको लगानी निर्णय क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको अर्को विशेष पक्ष भनेको दुईवटा प्यानल छलफल रहेको छ, जसमा सेयर बजारसँग सम्बन्धित अनुभवी व्यक्तित्वहरूको सहभागिता रहनेछ। पहिलो प्यानलमा नेपाल स्टक एक्सचेन्ज (NEPSE) र आर्थिक पूर्वाधारको सम्बन्धमा छलफल गरिनेछ। यसमा अनुभवी लगानीकर्ता अम्बिका प्रसाद पौडेल, वित्तीय विज्ञ पर्शुराम कुवर क्षेत्री, चार्टर्ड एकाउन्टेन्ट विनोद बराल र नियामक निकायका प्रतिनिधिहरू सहभागी हुनेछन्।
दोस्रो प्यानलमा भने सेयर बजारको प्राविधिक विश्लेषणमाथि चर्चा गरिनेछ, जहाँ विश्लेषकहरू विपिन कँडेल र प्रज्वल भण्डारीले आफ्नो अनुभव र दृष्टिकोण साझा गर्नेछन्।
कार्यक्रममा सहभागी हुनेहरूका लागि विभिन्न आकर्षक सुविधाहरू पनि उपलब्ध गराइनेछन्। सहभागीहरूले नेप्से ट्रेडिङको प्रीमियम फिचरमा एक दिनको लागि लाइफटाइम प्याकेज निःशुल्क प्राप्त गर्नेछन्। त्यस्तै, एलाइट, प्रीमियम र बेसिक फिचरहरूमा २५ प्रतिशत छुट प्रदान गरिनेछ। साथै, सात दिने अनलाइन एड्भान्स टेक्निकल क्लास पनि निःशुल्क उपलब्ध हुनेछ। इम्पेरियल सेक्युरिटीजमार्फत डिम्याट खाता नवीकरण वा नयाँ खाता खोल्दा एक वर्षसम्म निःशुल्क सेवा समेत दिइनेछ।
यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले रु. १,००० शुल्क तिरेर https://www.nepsetrading.com/training लिंकमार्फत दर्ता गर्न सक्नेछन्।
आयोजकका अनुसार यो कार्यक्रमले नयाँ र अनुभवी लगानीकर्ताहरूलाई बजारको गहिरो अनुभब दिनेछ र उनीहरूलाई सूचित तथा आत्मविश्वासी लगानीकर्ता बन्न मद्दत गर्नेछ।