Advertisement
Ads

नेशनल लाईफको “नेशनल रत्न अवार्ड” कार्यक्रम



नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले बुढानिलकण्ठ   काठमाण्डौको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्युको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्युले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा सहभागि अभिकर्ताहरुलाई कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलज्युले  उत्प्रेरण तालिम प्रदान गदै कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टाछुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनिति बनाउनु पर्ने बताए ।


Advertisement

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गदै प्रमुख कार्यकारी अधिकृतज्यु लगाएतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपुर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताए ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार  काठमाण्डौमा बागमति प्रदेशका अभिकर्ताहरुबाट सम्मान गरिएको बताए साथै उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुर्ला सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए ।

कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल, प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख  सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुख द्धय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर