Advertisement
Ads

नास आईटीले लण्डन टेक विक २०२४ मा नेपाली प्रविधिको प्रतिनिधित्व गर्ने



नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् नास आईटीले लण्डनमा १० जुन देखि १४ जुन सम्म आयोजना हुने लण्डन टेक विक २०२४ मा आफ्नो सहभागिता घोषणा गरेको छ।

लण्डन टेक विक ग्लोबल प्रविधिको वार्षिक महाप्रदर्शनी हो। यस वर्षको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ, जसमा ४५,००० भन्दा बढी सहभागीहरू, १,०००ं लगानीकर्ता, र ५,००० स्टार्टअपहरू भेला हुनेछ। यस हप्ता भरि ७० भन्दा बढी कार्यक्रमहरूमार्फत ३५०ं वक्ताहरूले अत्याधुनिक प्रविधिहरू, उद्योग दृष्टिकोण ईत्यादीहरूमा प्रस्तुति दिने छन्। लण्डन टेक विकले व्यवसायहरूलाई सहकार्य गर्न र प्रविधिको भविष्य परिकल्पना गर्नका लागि अद्वितीय प्लेटफर्म प्रदान गर्दछ।


Advertisement

नास आईटीको सहभागिता नेपाल सरकारको १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने, ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष गरी १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्तितर्फको कदम हो।नेपालका उत्कृष्ट र नवीन प्रविधि प्रतिनिधित्व गर्ने नास आईटीका १४ सदस्य कम्पनीहरूले यस कार्यक्रममा भाग लिदै छन्। यस प्रतिनिधिमण्डलले नेपालको आईटी क्षेत्र प्रवर्द्धन गर्न सम्भावित लगानीकर्ता, साझेदार, र सहयोगीहरूसँग अन्तरक्रिया गर्नेछ।

यस प्रतिनिधिमण्डलमा अम्निल टेक्नोलोजी प्रा.लि., इन्ग्रेल्स सोलुसन्स प्रा.लि., इमिनेंस वेज प्रा.लि, जेनेस सोलुसन प्रा.लि, इन्ग्रेल्स प्रा.लि., जास्पर आईटी प्रा.लि., नियो सफ्टवेयर प्रा.लि., क्विकफक्स कन्सल्टिङ प्रा.लि., क्विकफक्स टेक्नोलोजी प्रा.लि., रारा ल्याब्स प्रा.लि., टेकक्राफ्ट इंक प्रा.लि., त्रिलोक्य टेक्नोलोजी प्रा.लि., येलो नेपाल प्रा.लि. र यङ इनोभेसन्स प्रा.लि. छन्। यी कम्पनीहरूले AI, ई-कमर्स विकास, health care IT, FinTech, RPA, custom software, development, Dev OPS, cybersecurity जस्ता विभिन्न प्रकारका विशेषज्ञताहरू प्रदर्शन गर्नेछ।

लण्डन टेक विकमा भाग लिएर नास आईटीले ग्लोबल प्लेटफर्ममा नेपाली प्रविधि प्रतिभा र नवाचारको प्रवर्द्धन गर्ने, नेपाली प्रविधि कम्पनीहरूको लागि विदेशी लगानी आकर्षित गर्ने, रणनीतिक साझेदारीहरू गठन गर्ने, नेपाली र अन्तर्राष्ट्रिय प्रविधि कम्पनी र प्रतिनिधिहरू बीच साझेदारी र सहयोगको सुविधा प्रदान गर्ने लक्ष्यहरू राखेको छ ।

लण्डन टेक विकले नेपालको आईटी क्षेत्रको वृद्धिलाई तीव्र बनाउन र देशको आर्थिक प्रगतिको लागि योगदान पुर्याउन महत्वपूर्ण अवसर प्रदान गर्दछ। नास आईटीको लण्डन टेक विक २०२४ मा सहभागिता नास आईटी र नेपालको प्रविधि उद्योगको लागि एक ऐतिहासिक क्षण हो।

नास आईटी बारेमा :

नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने भिजनसहित स्थापना भएको आईटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो। स्थापनाकालदेखि नै संस्थाले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्वृधि र नीति पैरवीमा काम गर्दै आएको छ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर