Advertisement
Ads

आजदेखि तीन महिना सम्म अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फ अवतरणमा रोक



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ ,उडान भने निरन्तर हुनेछ ।

अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ । विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको हो | यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् ।


Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २०१०-२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेर विभिन्न काम गर्दै आएको छ। एडिबीले सन् २००९ देखि नै गुरुयोजना अनुरूप हवाई यातायात क्षमता अभिवृद्धि आयोजना (एटीसीईपी) मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको प्रारम्भिक चरणमा सहयोग गर्दै आएको छ ।

एटीसीईपीको आयोजना क्षेत्रमा धावन मार्गलाई ट्याक्सी वेका रूपमा उपयोग घटाउन समानान्तर ट्याक्सी वेको उत्तरी भागलाई विस्तार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी विमानहरू राख्न यात्रु चढाउन÷ओराल्न र सामान राख्न/झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) विस्तार गर्ने र धावन मार्गको दक्षिणी भागमा ३०० मिटर धावन मार्ग विस्तार गर्ने लगायत काम छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर