Advertisement
Ads

भारतबाट ल्याइएको ३४०० किलो धान रौतहटमा बरामद



रौतहट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको धान बरामद गरेको छ।

बिहीबार बिहान प्रहरीले इशनाथ नगरपालिका-४ बाट ३४०० किलो धान बरामद गरेको हो।


Advertisement

राजपुर नगरपालिका-६ का ४२ वर्षीय अमर साहले भारतबाट भन्सार छलेर ल्याएको उक्त परिमाणको धान बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन्।

७९० बोरामा रहेको उक्त धानको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको गिरीले बताइन्।

धानसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाइएको छ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर