Advertisement
Ads

युनाईटेड मोदीको स्थगित भएको दशौं वार्षिक साधारण सभा अगामी जेठ २७ गते हुने



युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले स्थगित भएको दशौं वार्षिक साधारण सभा पुन अगामी जेठ २७ गते बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सभा कालीमाटीस्तिथ कालीमाटी ब्याक्वेटमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । येस अघि कम्पनीले २०८० साल चैत २९ गते आयोजना गरेको साधारण सभा गणपुर सख्या नपुगी स्थगित भएको थियो ।

सभाले यस कम्पनीको सेयर लगानी रहेको युनाईटेड मेवा खाो हाइड्रोपावर द्धारा प्रवर्द्धित मेवा खोला जलविद्युत आयोजना मा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । तेस्तै, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


Advertisement

साथै, सभाले कम्पनीको सञ्चालक समितिमा ४ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर