Advertisement
Ads

अभियान लघुवित्तको चौथो वार्षिक साधारण सभा आह्वान, छैन लाभांश प्रस्ताव




  • साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार  जेठ २० गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ६ गते ताम्राकार पार्टी भेन्यु, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन् । सभाले गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।


Advertisement

कम्पनीले अन्य कुनै ‘घ’ वर्गको लघुवित्त कम्पनीसँग मर्जरको प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सोका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ती गर्ने तथा मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी प्रदान गर्नेजस्ता प्रस्ताव रहेका छन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार जेठ २० गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर