Advertisement
Ads

आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन, ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत



आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापकको स्वामित्व रहेको सेयर मध्ये ९ प्रतिशत सर्वसाधारणमा परिणत गरेको हो ।

यसअघि कम्पनीमा संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण समुहतर्फ ४० प्रतिशत  हिस्सा रहेको थियो।सर्वसाधारणमा ९ प्रतिशत शेयर संस्थापकबाट परिणत भएसँगै सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।


Advertisement

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिवर्तित शेयर संरचना अभिलेख गर्न अनुरोध गरेसँगै कम्पनीको कुल शेयर संख्या ९४ लाख ४३ हजार ५१० दशमलव ६५ कित्तामध्ये संस्थापकतर्फ ४८ लाख १६ हजार १९० दशमलव ४३ र सर्वसाधारणतर्फ ४६ लाख २७ हजार ३२०  दशमलव २२ कित्ता अभिलेख गरिएको नेप्सेले जानकारी दिएको छ ।

#Bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर