Advertisement
Ads

बिकास बैंकहरुको नालीबेली : कुन सूचकमा कुन बैंक अब्बल ?



विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेको छन्। सञ्चालनमा रहेका १६ विकास बैंक मध्य अधिकांश वित्तीय सूचकको आधारमा मुक्तिनाथ विकास बैंक अन्य भन्दा अब्बल देखिन्छ। हामीले यो लेखमा सञ्चनमा रहेका १६ विकास बैंकको वित्तीय अवस्थालाई सरल रूपमा तुलना गरेका छौ।
१. चुक्तापूँजी:
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेप्सेमा सूचीकृत विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी सबैभन्दा बढी रहेको छ। तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार हाल यसको चुक्तापूँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ। यसैगरी, विकास बैंक मध्ये सबैभन्दा कम चुक्तापूँजी नारायणी डेभलपमेन्ट बैंकको रहेको छ। हाल कम्पनीको चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ छ। धेरै देखि थोरै चुक्तापूँजीहुने विकास बैंक क्रमिक रूपमा यसप्रकार रहेका छन् :
मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक,  ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक
यस्तो छ विकाश बैंकहरुको चुक्तापूँजीको परिदृश्य:

२. रिर्जभ एण्ड सर्प्लस:
तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार रिर्जभ एण्ड सर्प्लसको आधारमा अन्य विकास बैंकको तुलनामा मुक्तिनाथ विकास बैंक अगाडि रहेको छ। त्यस्तै सबैभन्दा कम रिर्जभ हुनेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ।
तेस्रो त्रैमासिक सम्म आइपुग्दा अधिकांश बैंकको रिजर्भ र सर्प्लस सकारात्मक देखिन्छ। १६ कम्पनी मध्ये १४ कम्पनीको रिजर्भ सकारत्मक र २ कम्पनीको रिर्जभ एण्ड सर्प्लस नकारात्मक रहेको छ। रिर्जभ को आधारमा धेरै देखि थोरै हुने विकास बैंक क्रमिक रूपमा यस प्रकार छन्:
मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक
यस्तो छ विकास बैंकहरुको रिर्जभ एण्ड सर्प्लसको परिदृश्य:


Advertisement

३. निक्षेप :
विकास बैंकहरु मध्ये सबैभन्दा बढी निक्षेप मुक्तिनाथ विकास बैंकले संकलन गरेको छ। यसैगरी थोरै निक्षेप नारायणी डेभलपमेण्ट बैंकको रहेको छ। धेरै देखि थोरै निक्षेप संकलन गर्ने  विकास बैंक क्रमिक रूपमा यस प्रकार छन्:
मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,नारायणी डेभलपमेन्ट बैंक
यस्तो छ विकास बैंकहरुको निक्षेपको परिदृश्य:

४. संचालन नाफा :
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा सर्वाधिक संचालन नाफा पनि मुक्तिनाथ विकास बैंकले आर्जन गरेको छ। अधिकांश विकास बैंकहरुको संचालन नाफा सकारात्मक भएपनि ४ विकास बैंकको संचालन नाफा ऋणात्मक रहेकाे छ। विकास बैंकहरु मध्ये सबैभन्दा संचालन घाटामा सप्तकोशी डेभलपमेन्ट बैंकको छ।
धेरै देखि थोरै सञ्चालन नाफा आर्जन गर्ने विकास बैंक क्रमिक रूपमा यस प्रकार छन्:
मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक,शाइन रेसुंगा डेभलपमेन्ट बैंक,लुम्बिनी विकास बैंक,कामना सेवा विकास बैंक,महालक्ष्मी विकास बैंक,सांग्रिला डेभलपमेन्ट बैंक,ज्योति विकास बैंक,मितेरी डेभलपमेन्ट बैंक,कर्णाली डेभलपमेन्ट बैंक,ग्रीन डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,नारायणी डेभलपमेन्ट बैंक,एक्सेल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक
यस्तो छ विकास बैंकहरुको संचालन नाफाको परिदृश्य:

५.खुद नाफा:
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा खुद नाफामा पनि मुक्तिनाथ विकास बैंक अब्बल रहेको छ। तेस्राे त्रैमासिकको वित्तीय विवरण अनुसार मुक्तिनाथ विकास बैंकको खुद नाफा ८७ करोड १८ लाख २४ हजार पुगेको छ। वाणिज्य बैंकहरुमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकले व्यापार गर्न सकेको छैन।
धेरै देखि थोरै खुद नाफा हुने विकास बैंक क्रमिक रूपमा यस प्रकार छन्:
 मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक ,ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक,  ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक
यस्तो छ विकास बैंकको खुद नाफाको परिदृश्य:

६. निष्क्रिय कर्जा अनुपात:
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार सबैभन्दा थोरै निस्क्रिय कर्जा मुक्तिनाथ विकासको रहेको छ। मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा अनुपात २.०२ प्रतिशत रहेको छ भने सबैभन्दा धेरै निष्क्रिय कर्जा नारायणी डेभलपमेन्ट बैंकको रहेको छ । जसको निष्क्रिय कर्जा अनुपात ३१.७७ प्रतिशत रहेको छ।
थोरै देखि धेरै निष्क्रिय कर्जा अनुपात हुने विकास बैंक क्रमिक रूपमा यसप्रकार रहेका छन्:
मुक्तिनाथ विकास बैंक ,मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक कामना सेवा विकास बैंक सिन्धु विकास बैंक लुम्बिनी विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक महालक्ष्मी विकास बैंक कर्पोरेट डेभलपमेन्ट बैंक कर्णाली डेभलपमेन्ट बैंक ज्योति विकास बैंक ग्रीन डेभलपमेन्ट बैंक एक्सेल डेभलपमेन्ट बैंक सप्तकोशी डेभलपमेन्ट बैंक नारायणी डेभलपमेन्ट बैंक
यस्तो छ विकास बैंकहरुको निष्क्रिय कर्जाको आधारमा परिदृश्य:

७. प्रति सेयर आम्दानी :
प्रति सेयर आम्दानीको आधारमा पनि मुक्तिनाथ विकास बैंक अन्य बैंकको तुलनामा अब्बल देखिएको छ। तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार मुक्तिनाथ विकास बैंकको प्रति सेयर आम्दानी १६.५ रुपैया रहेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा १६ विकास बैंक मध्ये १२ विकास बैंकको प्रति सेयर आम्दानी सकारात्मक छ भने ४ विकास बैंकको प्रति सेयर आम्दानी नकारात्मक रहेको छ।
प्रति सेयर आम्दानीको आधारमा धेरै देखि थोरै हुने विकास बैंक क्रमिक रूपमा यस प्रकार छन्:
मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक
यस्तो छ विकास बैंकहरुको प्रतिसेयर आम्दानीको परिदृश्य:

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


प्रतिकृया


सम्बन्धित खबर