Advertisement
Ads

बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची



काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरु १०० भन्दा बढि कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौं बिघा जमिन बेच्न पाउने निवेदन हालेको खुलासा गरेका छन् ।

उनीहरुको नामसमेत उनले खुलासा गरेका छन् । सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको समेत उनले खुलासा गरेका छन् ।


Advertisement

उनले लेखेका छन्-

कामकुरो एकातिर ‘कुम्लो बोकी ठिमी तिर’

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए ।

यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ ।

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन । कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ । जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला , स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमीटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला ।

यो तर्फ दायाँबायाँ नसोची, सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू बिरुद्द ठगी उजुरी शुरू गरौँ ।

संसदमा उभिएर गालीगलौज र savage हान्ने कोसिस त बर्षौं देखि चलेकैछ । त्यो तिनलाई नै छोडिदिउँ । काम गर्नका पक्षमा जनता सँधै छन् ।

जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :

१. केपी ओली ट्रस्ट
२ . रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर
३ . केशरी चिया बगान पाँचथर
४. ओमटी गार्डेन प्रा.लि इलाम
५. सिद्धपोखरी टी–स्टेट प्रा.लि इलाम
६. इलाम टी–स्टेट इलाम
७. सान्भी इनर्जी प्रा.लि सानाजलविद्युत् आयोजना इलाम
८. माङमालुङ चियाबगान लि. इलाम
९. किरातेश्वर टी गार्डेन प्रा.लि त्रिशूल इलाम
१०. हिम चियाबगान प्रा.लि इलाम
११. फिक्कल टी एन्ड कफी कम्पनी प्रा.लि कन्याम पशुपति, पञ्चकन्या इलाम
१२. रोनक टी–स्टेट झापा
१३. गोमादेवी टी–स्टेट झापा
१४. झापा टी–स्टेट झाप
१५. राजगढ चिया विकास कम्पनी प्रा.लि भद्रपुर झापा
१६. कल्पना टी–स्टेट झापा
१७. मोहन टी–स्टेट इन्डस्ट्रिज झापा
१८. बज्रायोगिनी टी–स्टेट प्रालि झापा
१९. ज्यामिरगढी टी–स्टेट झापा
२०. राज टी–स्टेट झापा
२१. पदम टी–टेट झापा
२२. इलाम चियाबारी प्रा.लि झापा
२३. पौडेल बन्धु टी–स्टेट प्रा.लि झापा
२४. हिमाल इन्टरनेसनल प्रा.लि झापा
२५. नक्कलबन्दा टी–स्टेट झापा
२६. चकचकी टी–स्टेट झापा
२७. लक्ष्मी टी–स्टेट झापा
२८. सौरभ चिया उद्योग प्रा.लि झापा
२९. इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रा.लि झापा
३०. चन्द्रगढी टी–स्टेट प्रा.लि झापा
३१. रोमन टी–स्टेट प्रा.लि झापा
३२. हडिया रियल टी–स्टेट प्रा.लि झापा
३३. प्रयास चिया उद्योग झापा
३४. ऋद्धि गणेश टी–स्टेट प्रा.लि झापा
३५. न्यू–गिरी एन्ड सन्स झापा
३६. गुप्ता टी–स्टेट प्रा.लि भद्रपुर झापा
३७. कुवाडीदेवी टी–स्टेट प्रा.लि पागनडुब्बा, झापा
३८. जीपीको इराला फाउन्डेसन मोरङ
३९. इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
४०. जिरी टी डेभलपमेन्ट प्रा.लि धनकुटा
४१. कुवापानी टी प्लान्टेसन प्रा.लि धनकुटा
४२. मुँगा टी गार्डेन्स प्रालि धनकुटा
४३. चुलाचुली टी–स्टेट प्रा.लि धनकुटा
४४. मारुती सिमेन्ट प्रा.लि सिरहा
४५. केचना टी–स्टेट प्रा.लि दोलखा
४६. सोलु हाइड्रोपावर प्रा.लि (तल्लो सोलु) गार्मा र तिङला, सोलु र रसुवा
४७. अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रा.लि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
४८ ग्रीनभेन्चर्स प्रा.लि रामेछाप
४९. हिमालय ऊर्जा विकास क.(अप्पर खिम्ती) चुचुरे रामेछाप
५०. रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रा.लि बारा
५१. गिजरा खाडाखारी मिल प्रा.लि बाँके
५२. युनाइटेड सिमेन्ट प्रा.लि नौबीसे धादिङ
५३. इको अर्गानिक फार्मस प्रा.लि काभ्रे
५४. गेल्डेन फ्रार्मस प्रा.लि कफी, तरकारी पशुपन्छी काभ्रे
५५. तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभ्रे
५६. युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
५७. द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभ्रे
५८. आदि शक्ति विद्युत विकास कं.प्रा.लि नुवाकोट
५९. नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकु.गा.वि.स रसुवा
६०. लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
६१. आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रा.लि लमजुङ
६२. हिमालयन पावर पार्टनरसिप लमजुङ
६३. होङ्गसी शिवम् सिमेन्ट प्रा.लि नवलपरासी पाल्पा
६४. सान्जेन जलविद्युत् कं.लि रसुवा
६५. सगरमाथा सिमेन्ट प्रा.लि हटिया, मकवानपुर
६६. घोरही सिमेन्ट उद्योग घोराही दाङ
६७. सोनापुर सिमेन्ट प्रा.लि दाङ
६८. रोल्पा सिमेन्ट प्रा.लि बुढागाउँ रोल्पा
६९. रोवष्ट इनर्जी प्रा.लि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
७०. रोड सो रियल स्टेट प्रा.लि कास्की
७१. सैबु भिलेज रिसोर्ट प्रा.लि भैंसेपाटी ललितपुर
७२. नारायणी उष्ट प्रा.लि ललितपुर
७३. ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रा.लि ललितपुर
७४. होमल्यान्ड हाउजिङ प्रा.लि ललितपुर
७५. सिभिल होम्स प्रा.लि ललितपुर काठमाडौं
७६. सैबु भिलेज रिसोर्ट प्रा.लि भैंसेपाटी ललितपुर
७७. पवनपुत्र सेक्युरिटी प्रा.लि ललितपुर
७८. उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं
७९. सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
८०. सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रा.लि दहचोक काठमाडौं
८१. एसबी कम्पनी प्रा.लि सीतापाइला, चितवन
८२. सांग्रिला हाउजिङ प्रा.लि काठमाडौं
८३. सि.ई कन्स्ट्रक्सन प्रा.लि काठमाडौं
८४. बागमती प्रपर्टी डिलर्स प्रा.लि. काठमाडौं भक्तपुर
८५. युरो इन्भेस्टमेन्ट् प्रा.लि काठमाडौं
८६. आयुषा डेभलपर्स प्रा.लि काठमाडौं
८७. कोहिनुर हिलहाउजिङ प्रा.लि काठमाडौं
८८. हेभेन्स भिलेज प्रा.लि काठमाडौं
८९. बृहत् इनभेन्टमेन्ट प्रा.लि काठमाडौं
९०. होमल्यान्ड हाउजिङ प्रा.लि काठमाडौं
९१. पदमा मर्चेन्ट कं. प्रा.लि सीतापाइला, काठमाडौं
९२. टावर हाउजिङ प्रा.लि काठमाडौं चितवन
९३. टचउड हाउजिङ प्रा.लि काठमाडौं
९४. सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रा.लि
९५. सीडी डेभलपर्स प्रा.लि काठमाडौं
९६. सिद्धार्थ हाउजिङ प्रा.लि काठमाडौं
९७. तनहुँ हाइड्रोपावर लि. तनहुँ
९८. लिवर्टी इनर्जी क.लि. लमजुङ
९९. काबेली इनर्जी पाँचथर
१००. हिमालय महालक्ष्मी गार्डेन प्रा.लि झापा
१०१. गिरिबन्धु टी–स्टेट प्रा.लि झापा

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर