Advertisement
Ads

“नेपाल लघु बीमक संघ” विधिवत रुपमा ललितपुरमा दर्ता



नेपालमा हाल सञ्चालनमा रहेका लघु बीमकहरु आवद्ध ‘नेपाल लघु बीमक संघ’ नामको गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको छ । उक्त संघ जेठ ३ गते विधिवत रुपमा दर्ता भएको हो ।

देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघ संस्थाहरुसँग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउदै न्युन आय बर्ग तथा दुर दराजका नागरिकहरुमा बीमाको पहुंच विस्तारको लागि नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरु संग सहकार्य र समन्वय गरी समावेशी बीमाको अवधारणालाइ मूर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुंँच बाहिर रहेका बर्ग समुदायलाई बीमाको दायरामा समेटि उनिहरुको आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने, लघु बीमा सेवाको बिकास तथा बिस्तार गर्ने रपर्यावरण संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उदेश्यका साथ उक्त संघ स्थापना भएको हो ।


Advertisement

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चिरायु भण्डारी अध्यक्ष रहेको कार्य समितिमा स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिश्व राम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका सचिव, र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव कोषाध्यक्ष रहेका छन् ।

यसै गरि सदस्य हरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन् ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर