Advertisement
Ads

मेरो माइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन, १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत



मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर संरचना परिवर्तित भएको छ। कम्पनीले संस्थापकको स्वामित्व ५९.४ प्रतिशत र सर्वसाधारणहरुको स्वामित्व ४०.६५ प्रतिशत कायम गरेको हो ।

यसअघि कम्पनीमा संस्थापक समूहतर्फ ६९.४ प्रतिशत र सर्वसाधारण समुहतर्फ ३०.६ प्रतिशत हिस्सा रहेको थियो। कम्पनीले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख भएको हो ।


Advertisement

परिवर्तित शेयर संरचना अनुसार कुल सेयरसंख्या १ करोड ३२ लाख कित्तामध्ये संस्थापक तर्फ ७८ लाख ४० हजार ८०० र सर्वसाधारणतर्फ ५३ लाख ५९ हजार २०० कित्ता अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर