Advertisement
Ads

दुई कम्पनीको मर्जर पश्चात कायम सेयर नेप्सेमा सूचीकृत



Advertisement
Ads

शुक्रबार जेठ ४ गते नेपाल स्टक एक्सचेन्ज ‘नेप्सेमा’  मर्जर पश्चात कायम नेरुडे लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ ।


Advertisement

साविकको सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिदा १:०.८५३५ अनुपातमा कायम रहेको कुल २ लाख ५६ हजार ५० कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सूचीकृत भएको हो र मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार पनि फुकुवा भएको छ । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले रू.८८३ दशमलव ९७ ओपन रेञ्ज तोकेको छ।

त्यस्तै, साविकको नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिदा १ः१ को अनुपातमा कायम भएको  कुल १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको छ । उक्त सेयर नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो । साथै, मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार पनि फुकुवा भएको जनाएको छ ।मर्जरपछि पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ रेञ्ज प्रतिकित्ता ५८७.८६ रुपैयाँ तोकेको छ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर