Advertisement
Ads

राष्ट्र बैंकका सञ्चालक सिवाकोटीको गीतमा छमछमी नाचे विमल र गरिमा



नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर तथा हाल नेपाल राष्ट्र वैकका संचालक समितिका सदस्य चिन्तामणी सिवाकोटी द्वारा रचना गरिएको रिटिङ रिटिङमा बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । म्युजिक भिडियोमा चर्चित कलाकार जोडी गरिमा शर्मा र विमल अधिकारीले अभिनय गरेका छन् । 

दिपक लिम्बु र वेनीशा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा , एरेन्ज नरेन्द्र वियोगी रेकर्डिस राजेश थापा र मास्टरिङ्ग किशोर थापाको रहेको छ भने गीत ए वान म्यूजिसियन स्टुडियोमा रेकर्डिङ भएको थियो । काभ्रेको पाँचखालमा हालै छायाङ्कन गरिएको यो म्युजिक भिडियो अब्बल भएकोमा गीतकार चिन्तामणी सिवाकोटी एकदमै खुशी हुदै निर्देशक लगायत सम्पूर्ण टीम लाई धन्यवाद दिएका छन् ।


Advertisement

नेपाली ग्रामीण जनजीवनको जीवन्त कथावस्तु र स्थानीय परिवेशलाई समेटिएको यस म्युजिक भिडियो मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन मा योगदान पुग्नसक्ने विश्वास गीतकार सिवाकोटीले व्यक्त गरेका छन् । मौलिक नेपाली लोक लयमा तयार भएको यो म्युजिक भिडियो Chinta Mani Siwakoti YouTube च्यानलमा उपलब्ध छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


प्रतिकृया


सम्बन्धित खबर