Advertisement
Ads

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने भोलि अन्तिम दिन



सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको लिलामी सेयरमा आवेदन दिने  भोलि (जेठ ३ गते ) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको  ५ लाख ९० हजार १८७ कित्ता सेयर लिलामी मार्फत बिक्रिमा राखेको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन् । सेयर प्रति कित्ता न्यूनतम मूल्य १७० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ बोलपत्र पेस गर्दा न्यूनतम दुई हजार कित्ता र अधिकतम सबै कित्ता खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । ईच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, थापाथली, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर