Advertisement
Ads

नेष्डो समृद्धले बोलायो पाँचौ वार्षिक साधारण सभा



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा जेठ २५ गते बोलाएको छ। कम्पनीको बैशाख २९ गते बसेको सञ्चालक समितिको बैठक अनुसार सभा रोयल कुश्मा रिसोर्ट , पर्वतमा दिउँसो १२ः३० बजे बस्ने भएको छ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभामा कम्पनी कुनै संघ संस्थासँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । गत आवको मुनाफाबाट कम्पनीले सेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।


Advertisement

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १८ गते  बुक क्लोज गर्ने भएको छ। यसर्थ, जेठ १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै  साधारण सभामा सहभागी हुन योग्य हुनेछन।

येस्तो छ कम्पनीको लाभांस इतिहास:

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर