Advertisement
Ads

माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव



अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी नेकपा (माओवादी केन्द्र) सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।

माओवादी मुख्यालय कोटेश्वर पेरिस डाँडामा पुनलाई आज विभिन्न विभागका प्रमुख सँग छलफल गरी सुझाव लिएका हुन् । मन्त्री पुन माओवादी केन्द्रका उप महासचिव र अर्थ तथा योजना विभाग प्रमुख समेत हुन । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे ।


Advertisement

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक,सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षा सहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुको सुझाव थियो ।

अर्थमन्त्री पुनले सहभागिता मूलक रुपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धता अनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो । आफूले यस अघि विभिन्न क्षेत्रका प्रतिनिधि सँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर