Advertisement
Ads

सिंगटी हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत



सिंगटी हाइड्रो इनर्जी लिमिटेडको(SHEL) हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर आज (बिहीबार) नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो । शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।


Advertisement

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर