Advertisement
Ads

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्दै



नेपाल इन्स्योरेन्स कम्पनीले विद्यमान सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि जेठ ४ गते साधारण सभा आह्वान गरेको छ ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्छ। हाल नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रहेको छहकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार कायम हुनेछ ।


Advertisement

साधारणसभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज तोकेको छ। वैशाख २६ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर