Advertisement
Ads

आईपीओ निष्कासनको लागि कृति भेन्चर फण्ड लिमिटेडले बोलायो साधारण सभा




  • उक्त सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।
  • साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १ गते बुक क्लोज गर्ने भएको छ ।

कृति भेन्चर फण्ड लिमिटेडले जेठ ८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले टिम कर्पोरेट सेन्टर, शक्ति विनायक मार्ग, काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । बोनस सेयर कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव गरिए पनि कति भन्ने उल्लेख छैन । त्यस्तै, गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।


Advertisement

साथै, मर्जर तथा प्राप्ती प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १ गते बुक क्लोज गर्ने भएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर