Advertisement
Ads
Advertisement
Ads

विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमाको ११ लाख कित्ता सेयर बिक्रीमा



Advertisement
Ads

  • कम्पनीले सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकेको छ।
  • इच्छुक लगानीकर्ताले आगामी वैशाख २६ गतेभित्र बिक्री एनआईसी एशिया क्यापिटलको थापाथली काठमाण्डौमा रहेको कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता सेयर आज वैशाख १८ गतेबाट बिक्रीमा राखिएको छ। विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमाको ११ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो ।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य योग्य संगठित संस्थाहरुले खरिद आवेदन दिन पाउनेछन्। कम्पनीले सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकेको छ उक्त सेयर खरिदको लागि लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।


Advertisement

इच्छुक लगानीकर्ताले आगामी वैशाख २६ गतेभित्र बिक्री प्रबन्धक एनआईसी एशियाको क्यापिटल थापाथली काठमाण्डौमा रहेको कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर