Advertisement
Ads

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम दिन




  • आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्न सकिनेछ ।

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अर्थात वैशाख १६ गते अन्तिम दिन रहेको छ

प्रभु बैंकको ६१ हजार ७६२ कित्ता सेयर लिलामीमा रहेको छ । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यस्तै, स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता रहेको छ । यसमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।


Advertisement

दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी, अन्य संघसंस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्न सकिनेछ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर