Advertisement
Ads

लघुवित्तहरुको अवस्था सुध्रिदै जाला कि अझै बिग्रेला ?



बजारको चिरफारको कार्यक्रम ‘चिरफार बहस’ को दोश्रो एपिसोडमा हामीले विजय लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमूख कार्यकारी अधिकृत वसन्त लम्सालसंग लघुवित्तहरुको वर्तमान अवस्था, भविष्य, चुनौती र अवसरहरुका बारेमा बहस गरेका छौं। स्थापनाकाल देखि नै विजय लघुवित्तको नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आउनुभएका लम्सालले  विगत १ दशकदेखि लघुवित्त क्षेत्रलाई नजिकबाट नियाल्दै आउनुभएको छ। तेस्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेका लघुवित्तहरुले सुधारिएको विवरण पेश गरिरहँदा के लघुवित्तहरुको अवस्था सुध्रिएको हो त ? वा अझै बिग्रिने अवस्था छ भन्ने प्रश्न हामीले लम्साल समक्ष राखेका छौं।
कुराकानीका केहि महत्वपूर्ण अंशहरु :
१) लघुवित्तहरुको अवस्था सुध्रिसकेको अवस्था होईन। पहिले भन्दा केहि अनुकुल भएको चाहिँ पक्कै हो। अहिलेको आर्थिक मन्दीका कारण लघुवित्तका ऋणीहरुको क्यास फ्लो बिग्रेको अवस्था छ। फलस्वरूप उनीहरुले नियमित रुपमा ऋणको सावाँ ब्याज भुक्तानी गर्न सकिरहेका छैनन्। जबसम्म अर्थतन्त्र मन्दीको अवस्थाबाट बाहिर निस्किदैन तबसम्म लघुवित्तहरुलाई पनि गार्है छ।
२) अहिले चलिरहेको मन्दी विश्वस्तरको आर्थिक मन्दी हो। यो ‘ग्लोबल रिसेसन’ हो। वर्ल्ड बैंक, आईएमएफ लगाएतका अन्तराष्ट्रिय संस्थाहरुले पनि सन् २०२४ बाट आर्थिक गतिविधिहरु बढ्दै जाने र सन् २०२५ मा राम्रो आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका छन्। नेपालमा पनि त्यस्तै हुनसक्ने देखिएको छ। अबको ६ महिनापछि आर्थिक गतिविधिहरु बढ्दै जाँदा लघुवित्तहरुको अवस्था पनि सुध्रिदैं जाने देखिन्छ।
३) लघुवित्तहरुले ८% मात्रै पुंजीकोष मेन्टेन गरे पुग्ने भएकाले थोरै क्यापिटलबाट पनि ठूलो बिजनेस गर्न सक्छन। अवस्था सुध्रिदै गएको खण्डमा लघुवित्तहरुको वित्तिय विवरणमा तिव्र सुधार आउनेछ। त्यसले लघुवित्तहरुको सेयर मूल्यमा पनि निकै राम्रो प्रभाव पार्न सक्ने देखिन्छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर