Advertisement
Ads

नेप्सेमा सामान्य गिरावट,



विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा आएको छ ।

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ । आज ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता सेयर कारोबार हुदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँको सेयर खरिद बिक्रि भएका छन् ।


Advertisement

त्यस्तै आज मल्टीपर्पोज फाइनान्सको सेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको सेयर मुल्य ७.८९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सबैको लघुवित्तको सेयर ५.८३ प्रतिशतले घटेको छ भने माइ खोला हाइड्रोको सेयर मुल्य ५.४५ प्रतिशतले घटेको छ ।

आज ५ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.१३ प्रतिशतले बढेको छ ।आज कारोबार रकमको हिसाबले सबै भन्दा बढी पोखरा फाइनान्सको सेयर कारोबार भएको छ । आज पोखरा फाइनान्सको ११ करोड २६ लाख ४६ हजार ८१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर