डिजेल र मट्टितेलको मुल्य घट्यो, प्रतिलिटर कति रुपैयाँ पुग्यो ?
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ।
बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ दर निर्धारण गर्दै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर १४७.५ रुपैयाँ र सुर्खेत तथा दाङमा प्रतिलिटर १४९ रुपैयाँ तोकेको छ। काठमाडौँ, पोखरा, र दिपायल क्षेत्रमा भने मुल्य प्रतिलिटर १५० रुपैयाँ तोकिएको छ।
पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन ।