गृहमन्त्री लेखक भन्छन्, “धनराजमाथि पनि अनुसन्धान र छानबिन हुनेछ”
गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान गर्ने जानकारी दिएका छन्।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “अनुसन्धान मुख हेरेर होइन, तथ्य र प्रमाणको आधारमा हुनेछ।”
उनले थपे, “धनराजजीमाथि पनि अनुसन्धान र छानबिन हुनेछ। यदि तथ्य र प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखाए भने उहाँमाथि कारबाही गरिनेछ।”