Advertisement
Ads

विपद सामनाको लागि विश्व बैंकले २० अर्ब ऋण दिने



Advertisement
Ads

नेपाल र विश्व बैंकबीच विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले करिब २० अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ। एक साता अघि सम्पन्न उक्त सम्झौता अनुसार प्राकृतिक विपद्, मौषम परिर्वतनजन्य प्रभाव, वा स्वास्थ्य क्षेत्रमा आकस्मिक संकट आएमा नेपालले तत्कालै यो ऋण उपयोग गर्न सक्नेछ।


Advertisement

‘नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने, ‘नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ।’

प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले मौषममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ।
नेपालले यस्तो ऋण आफूले चाहेको समयमा लिन सक्नेछ।अर्थसचिव राम प्रसाद घिमिरेले उक्त सहयोगले संकटको समयमा नेपाललाई तयारीमा रहन, समाधान खोज्न र उद्धारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर