रिडी पावरको २३ औं साधारण सभा मंसिर ७ गते, लाभांश नदिने
रिडी पावर कम्पनी लिमिटेडले २३औं वार्षिक साधारण सभा मंसिर ७ गते काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे बोलाएको छ। कम्पनीले यो सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव नराखेको जानकारी दिएको छ।
सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरू, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत अन्य महत्वपूर्ण एजेन्डाहरूमा छलफल हुनेछ। सभाले २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि गर्नेछ। साथै, इवाखोला जलविद्युत् आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋणलाई अनुमोदन गरिने प्रस्ताव समेत पारित गरिनेछ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार कात्तिक २८ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन।