Advertisement
Ads

हाथवे इन्भेष्टमेन्टको नाफामा उल्लेख्य वृद्धि



Advertisement
Ads

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।


Advertisement

असोज मसान्तसम्म कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिमा प्राप्त १ करोड ५८ लाख रुपैयाँको तुलनामा १२१.१९ प्रतिशतले बढी हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२२.८९ प्रतिशत बढेको छ भने कुल आम्दानी १२२.६५ प्रतिशत बढेको छ। कम्पनीको खर्च भने समीक्षा अवधिमा ५६.७९ प्रतिशत घटेको छ।

यस्तै, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ।कम्पनीको  २ रुपैयाँ ७३ पैसा बढेर ५ रुपैयाँ ४४ पैसा पुगेको छ भने  प्रतिशेयर नेटवर्थ ८२ रुपैयाँ २ पैसा रहेको छ।


Advertisement

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर