सामान्य गिरावटका साथ साताको सुरूवात : नेप्से संगसंगै कारोबार रकम पनि सुस्तिदै
आज नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ५ उपसमूह बढेको छ भने ८ उपसमूह घटेको छ। दिनभर ४ अर्ब ७३ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार आइसीएफसी फाइनान्सको भएको छ। यस दिन ३२० कम्पनीको १ करोड १३ लाख सेयर कारोबार भएको छ।
यस साताको पहिलो कारोबार दिन आज सेयरबजारले सामान्य गिरावटका साथ सुरुवात गरेको छ। नेप्से परिसुचक संगसंगै कारोबार पनि सुस्तिएको छ भने बजार अहिले साईडवेज ट्रेन्डमा देखिएको छ। तिहार पर्व नजिकिएकाले पनि बजारमा अहिले माहोल नबनेको देखिन्छ।
बजार अहिले साइडवेज़ ट्रेन्डमा रहेकाले केही समय उच्च अङ्कको सुधार वा गिरावट आउन सक्ने समभावना भने कम रहेको अनुमान गरिएको छ। साथै, बजारमा साकारत्मक पक्षहरू नै हावी भएको कारण बजारले केही समय लगाएर पुन: उकालो यात्रा तय गर्ने अपेक्षा गरिएको छ।
नेप्से ९.१९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से ९.१९ अंकले घट्दा तीन ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ९२ कम्पनीको सेयरमूल्य बढेको छ । आज धेरै बढ्नेमा क्रमश: रिभर फल्स पावर, माई खोला हाईड्रोपावर, एलआईसी नेपाल, समृद्धि फाईनान्स र कालिञ्चोक दर्शन लिमिटेड रहेको छ।
नेप्से ९.१९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से ९.१९ अंकले घट्दा १४० कम्पनीहरुको सेयरमूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक, रावा इनर्जी, आईसीएफसी फाइनान्स, र स्वाभिमान लघुवित्त रहेको छ।