Advertisement
Ads

लाभांश पारित गर्न आशा लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज मिति कहिले ?



Advertisement
Ads
आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर ७ गते वार्षिक साधारण सभा गर्ने भएको हो । सभा उग्रचण्डी, बनेपा-७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। ।आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते बुक क्लोज गर्ने भएका छ । जस अनुसार कात्तिक २१ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न सक्नेछन् ।

Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर