हिमालयन बैंकको नाफामा गिरावट: खुद ब्याज आम्दानी र अन्य सूचकहरु कमजोर
हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ३१.२२ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष सोही अवधि बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा आएको गिरावट हो। समीक्षाको अवधिसम्म बैंकले २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२.८८ प्रतिशतले कम हो। गत वर्ष यसले ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यद्यपि, बैंकको सञ्चालन नाफा भने २०.२२ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। यसको खराब कर्जा अनुपात ४.६७ प्रतिशतबाट बढेर ४.९८ प्रतिशतमा पुगेको छ। तर, वितरणयोग्य नाफा ३ अर्ब ४८ करोड रुपैयाँ ऋणात्मक देखिएको छ।
बैंकको चुक्ता पुँजी हाल २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० अर्ब ७४ करोड रुपैयाँ सञ्चित छ। प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०९ पैसाले घटेर १३ रुपैयाँ ४२ पैसामा पुगेको छ, जुन अघिल्लो वर्ष यो १९ रुपैयाँ ५१ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा रहेको छ।