Advertisement
Ads

भिस्टारा विमानमा बमको हल्ला झुटो, विमान पुनः दिल्ली फर्कँदै



Advertisement
Ads

दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमानमा बम भएको हल्ला झुटो सावित भएपछि विमान पुनः दिल्लीका लागि उडान भरेको छ।


Advertisement

एक भारतीय नागरिकले ह्वाट्सएपमा विमानभित्र बम भएको धम्कीपूर्ण मेसेज पठाएपछि सुरक्षाकर्मीहरूले कडा निगरानीसहित सर्च अपरेसन सञ्चालन गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको अवतरणपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जहाज भित्र खोजी गरेको थियो र हरेक यात्रुको बडी चेकजाँच गरिएको थियो। प्रारम्भिक छानबिनमा कुनै शंकास्पद वस्तु फेला नपरेको विमानस्थल प्रमुख ज्ञानेन्द्र भुलले जानकारी दिए।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार, भिस्तारा एयरको विमानमा बम भएको हल्लापछि विशेष टोलीले खानतलासी गर्‍यो। यात्रुलाई सुरक्षित तरिकाले खानतलासी गरिएपनि कुनै जोखिमपूर्ण वस्तु फेला नपरेको बताए।


Advertisement

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बमको सूचना दिल्लीबाट आएको थियो, जसको आधारमा सर्च अपरेसन सञ्चालन गरिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी भूलले विमानका यात्रुको ह्याण्ड ब्यागेज, लगेज र कार्गो समेत चेक गरिएको जानकारी दिए। अहिले विमानस्थलको उडान र अवतरण नियमित भइरहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर