भारतले नेपालमा गुणस्तरहीन चामल पठाएपछि हजारौँ किलो चामल भारतमै फर्काइयो
नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ। परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्यूनस्तर) पाइएपछि फिर्ता गरिएको हो।
दशैंको समयमा भन्सारमा आइपुगेको चामललाई नेपालगञ्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो। परीक्षणमा चामल नेपाल सरकारले तोकेको अनिवार्य मापदण्ड अनुसार नभएको पाइएको हो।
न्यून गुणस्तर पाईएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई चामल फिर्ता पठाउन निर्देशन दिइएको थियो, र सोही अनुसार चामल भारतमै फिर्ता पठाइएको छ।