Advertisement
Ads

अस्ट्रेलिया, अमेरिका, युरोप र क्यानडा जानेले अब ५०० डलरसम्म साट्न पाउने



Advertisement
Ads

चालु आर्थिक वर्षको दुई महिनामा विदेशी मुद्राको सञ्चिती बढेपछि नेपाल राष्ट्रबैंकले आयात व्यापारलाई बढावा दिने गरी खुकुलो नीति लिएको छ। बैंकले विदेशी विनिमय व्यवस्थापनमा संशोधन गर्दै अस्ट्रेलियामा रोजगारीमा जानेका लागि डलर सटही सीमा ३०० बाट ५०० डलर पुर्याएको छ। जापान, अमेरिका, युरोप, र क्यानडा जानेले पनि यो सुविधा पाउनेछन्।


Advertisement

विदेशमा उपचार गराउने तथा औषधि खरिद गर्न सटही सीमा १० हजार डलरबाट १५ हजार डलर पुर्याइएको छ। आयातमा आवश्यक टान्सपोर्ट डकुमेन्टको अवधि ९० दिनबाट १२० दिन बनाइएको छ। नेपाली होटलहरुले प्रति ग्राहक १ हजार डलरसम्मको सटही सुविधा पाउनेछन्, जुन पहिला ३०० डलर थियो। साथै, मेडिकल, हवाईजहाज र दूरसञ्चार उपकरणका पार्टपूर्जाको आयात सीमा १० हजारबाट १ लाख डलर कायम गरिएको छ।

विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका शिक्षण संस्थाहरुलाई परीक्षा लगायतका शुल्क भुक्तानीका लागि सटही सीमा १२ हजार डलरबाट बढाएर २५ हजार डलर गरिएको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर