नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले असोजको तुलनामा ब्याजदर घटायो
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कात्तिक १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ, जुन असोज महिनाको तुलनामा घटाइएको छ।
कात्तिक महिनामा बैंकले व्यक्तिगततर्फको मुद्दती निक्षेपमा ६.५० प्रतिशत र संस्थागत निक्षेपमा ५.२५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। असोजमा बैंकले व्यक्तिगत निक्षेपमा ६.५० प्रतिशत र संस्थागत निक्षेपमा ५.५० प्रतिशत ब्याजदर दिएको थियो।