Advertisement
Ads

भारतमा एकैबर्षमा आइफोनको निर्यात दोब्बरले बढ्यो



भारतले मोबाइल निर्यातमा ठूलो फड्को मारेको छ। प्रतिवेदनका अनुसार भारतमा आइफोनको निर्यात दोब्बरले बढेको छ ।

भारतबाट एप्पलको आईफोन निर्यात २०२३\२४ मा १२.१ अर्ब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०२२\२३ मा ६.२ अर्ब अमेरिकी डलर थियो। ट्रेड भिजनले जारी गरेको एक रिपोर्टले सो तथ्यांक बाहिरिएको हो ।  ट्रेड भिजनको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२३–२४ मा भारतबाट स्मार्टफोनको कुल निर्यात १६ अर्ब ५० करोड डलर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा १२ अर्ब अमेरिकी डलर थियो ।


Advertisement

प्रतिवेदनले यो वृद्धिले एप्पलको बढ्दो उपस्थिति, भारतीय उत्पादन इको सिस्टमको विकास र नवप्रवर्तनलाई बढावा दिने बृहत्तर प्रभावलाई प्रतिबिम्बित गरेको बताएको छ। भारतबाट एप्पलको आईफोन निर्यात आर्थिक वर्ष २०२२\२३ मा ६.२७ अर्ब डलरबाट बढेर २०२३\२४ मा १२.१ अर्ब डलर पुगेको छ, जुन लगभग शत प्रतिशत वृद्धि हो।

गत बर्ष माघमा साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको रिपोर्टले सन् २०२७ सम्ममा कम्पनीले उत्पादन गर्ने आइफोनमध्ये आधा हिस्सा भारतमै उत्पादन गर्ने योजना बनाएको उल्लेख गरिएको थियो।

कोरोनापछि भारतमा विश्वका ठूला कम्पनीको विश्वास बढेको छ । यसबाट भारतको अर्थतन्त्रले निरन्तर फाइदा उठाइ रहेको छ । धेरै उत्पादन एकाइ चीनबाट भारतमा सारिएको छ। एप्पलदेखि टेस्लासम्म धेरै ठूला कम्पनीहरूले लगातार भारतमा विश्वास व्यक्त गरिरहेका छन्। ट्रेड भिजनले यी तथ्याङ्कहरूले भारतले अब एप्पलको विश्वव्यापी आपूर्ति श्रृंखलामा ठूलो भूमिका खेलिरहेको उल्लेख गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


प्रतिकृया


सम्बन्धित खबर