Advertisement
Ads

राजतन्त्र फर्कने कुरा असम्भवः सभापति देउवा



नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन्। आइतबार काठमाडौंमा स्व. सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताए ।

उनले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरू सबै मरे । अर्को राजा आएपछि त झन् ऊचाहिँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुपर्‍यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू हिँड्दै छन् । राजातन्त्र फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरू सुधार गर्न पनि सहमति हुनुपर्छ, दुईतिहाइ चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भने पनि सुधार गरेर जाऔँ । तर, अब राजा फर्काउने कुरा असम्भव देख्छु मैले ।’


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर