Advertisement
Ads

सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश वितरण गर्ने, बुक क्लोज कहिले ?



सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते वार्षिक साधारण सभा बस्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।  यस्तै, सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने र आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि संस्थाले जनाएको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।


Advertisement

सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज हुनेछ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर