Advertisement
Ads

मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न



मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगद–६, रुपन्देहीमा सम्पन्न भएको हो ।

सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब लगायतका अन्य वित्तीय विवरणहरु पारित गरीएको छ । यस्तै सभाबाट चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ । सभाले समता घरेलु लघुवित्तसँग प्राप्ति हुने प्रस्ताव पनि पारित गरेको छ यसपाली कम्पनीका सेयरधनीहरुको हात भने रित्तो भएको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर