Advertisement
Ads

भोलि ६ कम्पनीहरुको साधारण सभा बस्दै, कसले दिदैछन् कति लाभांस ?



भोलि (चैत २९) गते लाई ६ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन्।

समता घरेलु लघुवित्त संस्था लिमिटेड
समता घरेलु लघुवित्तको साधारण सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सुरु हुनेछ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाएको छ । त्यसैगरी, सभाले समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एफपीओ निष्कासन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।


Advertisement

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा (चैत १५ गते) खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेड
मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारण सभा होटल पौवा सिद्धार्थनगद-६, रुपन्देहीमा हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।

सानिमा जीआइसी इन्सुरेन्स लिमिटेड
सानिमा जीआइसी इन्सुरेन्सको वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने छ । कम्पनीले साधारण सभामा ५० करोड रुवैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो ।

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा सभा कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु गर्ने भएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । तर, चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश गर्नेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर