Advertisement
Ads

एचआइडीसीएलको आजदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला



जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आजदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले आज (चैत २५ गते) संस्थापक समूहको कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । सेयरमा विद्यमान संस्थापक तथा जो–कोहीे व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरि बिक्रीमा ल्याइएको हो ।

लिलामीमा न्यूनतम १००  रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।


Advertisement

न्यूनतम १०० कित्ताका लागि वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर