Advertisement
Ads

२ कम्पनीको सेयर लिलामी भर्ने अन्तिम दिन



आज (चैत २२ गते)  सिद्धार्थ प्रिमियर इन्सुरेन्सको स्वामित्वमा रहेको २ कम्पनीको सेयर लिलामी भर्ने अन्तिम दिन हो । सिद्धार्थ प्रिमियरले फागुन १८ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोष कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो ।

जसमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको (२० लाख ७३ हजार ४४६ कित्ता) र नागरिक लगानी कोषको ( २ लाख ३९ हजार ३७ कित्ता)  सेयर लिलामीमा ल्याएको हो । यस  सेयरको विक्री मूल्य नेपाल पुनर्बीमा कम्पनीको हकमा प्रतिकित्ता २८०  र नागरिक लगानीकोषको हकमा प्रतिकित्ता ७८० रुपैयाँ उल्लेख गरिएको छ ।


Advertisement

आज (चैत २२ गते ) अपराह्न ३ बजेभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, बालुवाटार, काठमाडौंमा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा नागरिक लगानीकोषको लागि न्यूनतम १५ हजार कित्ता र नेपाल पुनर्बीमा कम्पनीको लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता माग गर्नुपर्ने व्यवस्था छ ।

 

 

 

 

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


प्रतिकृया


सम्बन्धित खबर