Advertisement
Ads

गुजरातविरुद्ध पहिला ब्याटिंग गर्दै नेपाल



भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यस खेलमा गुजरातले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ । नेपालले यस अघि गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको थियो ।


Advertisement

अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

नेपालको प्लेइङ-११ मा  रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह,  गुलशन झा, सोमपाल कामी, प्रतिस जिसी र अविनास बोहोरा रहेका छन् |

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर