Advertisement
Ads

काङ्ग्रेसको आरोप: जीवी राई गृहमन्त्रीको सम्पर्कमा छन्



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जीवी राई उपप्रधान तथा गृहमन्त्रीको सम्पर्कमा रहेको आफूहरूले सूचना पाएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले  जीबी राईलाई नेपाल ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् । उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेको समेत दाबी गरे।

उनले भने- ‘राई मलेसियामा छन् दुनियाँलाई थाहा छ । मलेसियाको कानून पनि हेर्नुहोला । जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।’


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर