Advertisement
Ads

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री दाहाल



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताएका छ ।

प्रधानमन्त्री दाहालले समाजवादी मोर्चाले आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तक्र्रिया’लाई सम्बोधन गर्दै समाजवादको आधार तयार पार्ने उद्देश्यका साथ आफूले नयाँ कदम चालेको बताएका छन्  |“जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो”, उनले भने, “जनताले नै सडकबाट समाजवाद जन्माउने हो । अन्ततः सडकबाटै समाजवाद जन्माउन केन्द्रित हुनैपर्छ ।”


Advertisement

प्रधानमन्त्री दाहालले वर्तमान संविधानको  प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताए । देशभक्त, प्रगतिशील र समाजवादी शक्तिबीच एकता र सहकार्यको आवश्यकता औँल्याउँदै उनले थुप्रै चुनौतीका बीचबाट सुशासन, सामाजिक न्याय र समृद्धिलाई अगाडि बढाइएको उनको भनाइ छ  । 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर