Advertisement
Ads

काठमाडौं नगर अस्पतालका लागि नागार्जुन नगरपालिकाले माग्यो आवेदन





नागार्जुन नगपालिकाले आज चैत २० गते एक सूचना प्रकाशन गर्दै  नगर अस्पतालको रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । नगरपालिकाले सहायक पाँचौंदेखि अधिकृत (मेडिकल अधिकृत, ल्याब टेक्निसियन, फार्मेसी सहायक, रेडियोग्राफी सहायक,डेन्टल डाईजिनिस्ट) आठौं तहसम्म करारमा कर्मचारी माग गरेको हो । त्यसै श्रेणीविहीन पदअन्तर्गत सफाइ कर्मचारी र माली पनि माग गरेको छ ।

योग्य र इच्छुक उम्मेदवारले वैशाख ४ गतेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्त दिने बेलासम्म उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, मेडिकल अधिकृतको हकमा भने २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने नगरपालिकाले जानकारी दिएको छ |


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर