Advertisement
Ads

हिमालयन रिइन्सुरेन्सले म्युचुअल फन्डको लागि छुट्याइएको सेयरको ‘लक इन’ खुल्दै



हिमालयन रिइन्सुरेन्स लिमिटेडले म्युचुअल फन्डको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि आगामी असार १० गते सकिने भएको छ । कम्पनीले म्युचुअल फन्डहरूलाई छुट्टाएको १५ लाख शेयरको ‘लक इन’ अवधि सकिन लागेको हो ।

कम्पनीले गत पुस ११ गते साधारण शेयर बाँडफाँट गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त बाँडफाँड गरिएको मध्ये म्युचुअल फन्डलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।


Advertisement

नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म म्युचुअल फन्डलाई छुट्याएको सेयर बिक्रीमा गर्न नपाउने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार  ‘लक इन’ अवधि सकिए पश्चात मात्र म्युचुअल फन्डहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

#BajarkoChirfar #bazarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर